कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

केएमसीले सुरु गर्‍यो नयाँ शैक्षिक प्रणाली

काठमाडौँ — काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी) ले डिजिटल केएमसी नामको नयाँ शैक्षिक प्रणालीको सुरुवात गरेको छ । केएमसीले विद्यालयमा डिजिटल केएमसी नामको नयाँ अध्ययन प्लेटर्फको उद्घाटन गर्दै यसको सुरुवात गरेको हो ।

असार १३ गते विद्यालयमा आयोजित एक कार्यक्रमबीच केएमसीले उक्त प्रणालीको सुरुवात गरेको जनाएको छ । विद्यालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष रामेश्वर अर्यालले अहिलेको समय विज्ञान र प्रविधिको नियन्त्रणमा रहेकाले शिक्षा पनि नयाँ पद्धतिबाट अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

विद्यालयका निर्देशक मुक्तिराम अर्यालले अबको शिक्षा प्रविधिबाट टाढा हुन नसक्ने बताए । डिजिटल केएमसीले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि निर्धारण गरिएको पाठ्यक्रममा आधारित पूर्व–रेकर्ड गरिएका पाठ्यक्रमहरू उपलब्ध गराउँदछ ।

डिजिटल केएमसीले विद्यार्थीहरूलाई रसायनशास्त्र, जीवविज्ञान, भौतिकशास्त्र र गणितजस्ता विषय पूर्व–रेकर्ड गरिएको पाठ्यक्रमहरू प्रदान गर्दछ । यो डिजिटल प्रणालीमा चिकित्सा शास्त्र र इन्जिनियरिङमा स्नातक अध्ययनका लागि आश्यक प्रवेश परीक्षासँग सम्बन्धित पाठ्यक्रमसमेत समावेश छन् ।

प्रकाशित : असार १६, २०८१ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×