कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पर्यटकीय क्षेत्रका किसान रैथाने बालीमा आकर्षण 

नवीन पौडेल

परासी — पूर्वी नवलपरासीका किसान रैनाथे बालीमा आकर्षित भएका छन् । जिल्लाको कावासोती नगरपालिकाका बासिन्दाले झिनुवा र अनदीको बीउ खोज्दै स्थानीय सामुदायिक बीउ बैंकसम्म आउने गरेका छन् ।

पर्यटकीय क्षेत्रका किसान रैथाने बालीमा आकर्षण 

स्थानीय बजारमा चाडबाड र मेला पर्वका बेला घरायासी प्रयोजन र पाहुनाको स्वागतमा अनदीको चिचर, झिनुवाको खाजा मिठो मसिनोका रूपमा पस्कने पुरानै चलन हो ।त्यसैले यहाँका किसानले झिनुवा र अनदीको खेती थालेका छन् ।

पहिला किसानहरूले मुख्य रूपले वर्षभरि खान र घर खर्च टार्न बेच्न समेत हुने गरी धेरै फल्ने उन्नत धान लगाए पनि पर्यटकीय क्षेत्रको विकाससंगै किसानले रैथानी बाली खोज्न थालेको कावासोती नगरपालिका-१४ का मान महतोले बताए ।

परम्परागत धान तथा रैथाने बाली बिरुवाको बीउ बिजन जोगाउन कावासोती नगरपालिका-१४ अग्यौलीमा कृषि बिकास तथा संरक्षण कृषक समितिले बीउ बैंक संचालन गर्दै आएको छ ।

यस वर्ष अघिल्लो वर्षको भन्दा ५० प्रतिसत बढी रैथाने प्रजातिको धानको बीउं बिक्री भएको छ । बीउ बैंकमा रैथाने जातका अतिरिक्त सावित्री,सावाा, वार लगायतका कतिपय उन्नत जातका धानको बीउ पनि उपभोक्ताको माग अनुसार बिक्री बितरणका निमित्त राखिएको छ ।

अधिक माग रहेको रैथाने जातको घ्यूपुरी धान सकिए पछि पश्चिम बर्दीया पुगेर बीउ खरिद गरि ल्याईएको सामुदायिक बीउ बैंक नेपालका अध्यक्ष पार्वती भण्डारीले बताइन् । स्थानीय गाउँ घरबाट आउने चामलको माग पूरा गर्न अनदी, झिनुवा,कनकजिरा, जोगनी, सठिया, सत्तरी लगायतका रैथाने धान संरक्षण गर्दै आएको छ ।

सामुहिक प्रयासमा बीउ बैंक संचालन गर्दै आएको यस संस्थाले दलहन, तेलहन तथा लहरे बाली बिरुवा, कोदो, फापर, धान, आलस, केराउ, तिल लगायत रैथाने बाली संरक्षण तथा बीउ साटासाट कार्य पनि गर्दै आएको छ ।

बीउ बैंकको दिगो संचालनार्थ स्थानीय पालिका तथा जिल्ला स्थित कृषि ज्ञान केन्ऽबाट व्यवस्थापकीय तथा प्राविधिक सहयोग छ । कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ बिज्ञ संजय ढकालले बीउ बैंकले पछिल्लो समय बिकासे प्रजाति भन्दा रैथाने बालीमा किसानको आकर्षण बढेको बताए ।

खादा अत्यन्त मिठो र वर्षामा मात्र लगाइने सेतो अनदी र घ्यूपुरी हिउँदमा पनि उत्पादन हुन थाले पछि स्थानीय किसानहरू पनि उत्साहित बनेका छन् ।

प्रकाशित : असार १६, २०८१ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×