कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ठूला टिम नकआउट चरणमा

एएफपी

डुसेलडोर्फ — यसै सप्ताहन्तदेखि जर्मनीमा चलिरहेको युरो नकआउट चरणमा प्रवेश गर्दै छ । अहिलेसम्म चलेको समूह चरणबाट तीन सबै ठूला टिम अन्तिम १६ मा पुगेका छन् । यद्यपि त्यसमध्ये केही टिमको प्रदर्शन भने अपेक्षाअनुसार रहेन । केही ठूला टिमको प्रदर्शनमा प्रश्न उठाउन मिल्ने छन् । प्रतियोगिताअघि फ्रान्स र इंग्ल्यान्डलाई सम्भावित विजेताका रूपमा हेरिएको थियो । तर, यिनै दुई टिमको प्रदर्शन खराब जस्तै रह्यो । 

ठूला टिम नकआउट चरणमा

दुवै टिमले अहिलेसम्म तीन खेलमा दुई गोलमात्रै गरेका छन् । भलै यी दुई टिमसँग विश्व फुटबलको सबैभन्दा नाम चलेका फरवार्ड छन् । अहिलेसम्मको प्रदर्शनमा सबैभन्दा राम्रो प्रदर्शन स्पेनको रहेको छ । त्यसपछि राम्रो प्रदर्शन आयोजक जर्मनीकै नाममा रह्यो अनि पोर्चुगलले पनि ठीकठाक प्रदर्शन गरेको छ । संयोग कस्तो भने यिनै तीन टिमले नकआउट चरणका खेलमा कठिन प्रतिद्वन्द्वी पाउने निश्चित देखिन्छ ।

अन्तिम १६ को सबैभन्दा ठूलो खेल त सन् २०२२ को विश्वकप उप–विजेता फ्रान्स र बेल्जियमबीच जुरेको छ । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प मान्छन्, टिमको प्रदर्शन राम्रै छ । उनी भन्छन्, ‘हामी कठिन समूहका थियौं । हामीले अस्ट्रियालाई हरायौं तर यही टिम समूहको विजेता रह्यो ।’

फ्रान्सेली टिमको एउटा ठूलै समस्या चोटग्रस्त केलियन एमबाप्पे रहेका छन् । किनभने उनको नाकमा चोट लागेको छ । यसै कारण एमबाप्पेले नेदरल्यान्ड्सविरुद्धको खेल पनि गुमाए ।

डेसच्याम्प थप्छन्, ‘हामीले नकआउट चरण पुगेर आफ्नो पहिलो उद्देश्य पूरा गरेका छौं । अब प्रतियोगिताले नयाँ रूप लिएको छ र यो नै सुरु हुँदै छ ।’ पछिल्लो १२ वर्षमा फ्रान्सका लागि ५ ठूला प्रतियोगितामा नेतृत्व गरेका डेसच्याम्प के पनि मान्छन् भने लिग चरणमा जे जस्तो प्रदर्शन भएको थियो, त्यसको अर्थ नकआउट चरणमा पनि त्यस्तै हुन्छ भन्ने हुँदैन । फ्रान्सले यो समूह जितेको भए सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट हुने डर थियो ।

प्रकाशित : असार १४, २०८१ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×