कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय परिचय-पत्र अनिवार्यको घोषणाले सिंहदरबार गेटमा सर्वसाधारणको भीड 

काठमाडौँ — सरकारले नगारिकले सार्वजनिक निकायबाट पाउने सबै खालका सेवासुविधा उपभोग गर्न क्रमिक रुपमा राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा लिनुपर्ने घोषणा गरेपछि सिंहदरबारको मूल गेटमा सर्वसाधारणको भीड लाग्न सुरु गरेको छ । सरकारले पहिलो चरणमा मुलुकका २८ जिल्लामा आगामी साउनदेखि नै समाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बीमाबाट सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।

राष्ट्रिय परिचय-पत्र अनिवार्यको घोषणाले सिंहदरबार गेटमा सर्वसाधारणको भीड 

राजधानीको नारयाणहिटी दरबार, राष्ट्रिय सभा गृह र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि फोटो खिच्ने व्यवस्था मिलाइएको छ ।

सिंहदरबारभित्र रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिसरमा निजामती र सुरक्षा निकायका कर्मचारी तथा विशिष्ट व्यक्तिहरुलाई परिचयपत्रको लागि फोटो खिच्ने, बायोमेट्रिक लिने व्यवस्था मिलाइएको छ । साथै फोटो खिचेर पनि परिचय पत्र नम्बर हराएको र मोबाइलमा आएको म्यासेज बिर्सेर बसेकाहरु अहिले प्रिन्ट भएका परिचयपत्रको कार्ड लिन आउने गरेका छन् ।

परिचय पत्रका लागि जुन ठाउँमा फोटो खिचेको हो, कार्ड पाउन पनि त्यही स्थानमा जानुपर्छ । विभागको परिसरमा फोटो खिचेको र बायोमेट्रिक लिएका नागरिक सिंहदरबारमा प्रवेश गर्न गेटमा जम्मा हुने गरेका छन् । सुरक्षा निकाय र उनीहरुको परिवारका सदस्यले पनि पञ्जीकरण विभागमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ ।

मूल गेटका एक सुरक्षा अधिकारका अनुसार परिचयपत्र लिनुपर्ने सूचनाले कार्यालय खुलेका दिन भीड लाग्ने गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गत १० गते राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने भनेको थियो।

दोस्रो चरणमा आगामी माघ १ मा ३८ जिल्लामा र तेस्रो चरणमा ०८२ साउनदेखि ११ जिल्लामा लागू गर्ने सरकारको तयारी छ। गत जेठ २४ को मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामै परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो । परिचयपत्र विभागका महानिर्देशक युवराज कटेलले ‘सकेसम्म नागरिकलाई सहज रूपमा फोटो खिच्ने र बायोमेट्रिक दिन सक्ने गरी व्यवस्थापन मिलाइएको दावी गरे ।

राजपत्रमा प्रकाशित सूचना अनुसार बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा भने परिचयपत्र नलिए पनि सेवा लिन पाउनेछन् । सरकारले क्रमशः राजस्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र सम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि पनि आगामी साउनदेखि देशभर नै परिचयपत्र अनिवार्य गरिएको छ ।

बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेचमा भने आगामी माघ १ देखि परिचयपत्र अनिवार्य गर्दै लैजाने निर्णय गरेको छ ।

प्रकाशित : असार १६, २०८१ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×