सरोकारवालाहरुबीच बिहीबार विहान ११ बजेदेखि ४ बजेसम्म भएको वार्ताको सहमति कार्यान्वयन हुन नसकेपछि निर्यात व्यापारले निरन्तरता पाउन नसकेको हो ।
व्यवसायी भन्छन् : क्षेत्राधिकारबाहिर प्रहरीले मालवस्तु रोकेर अनावश्यक दु:ख दियो, भन्सारका कर्मचारी भन्छन् : प्रहरी र व्यवसायीको विवाद हो
मेलम्चीको पानी बन्द भएपछि काठमाडौं, भक्तपुर र पाटनका बासिन्दालाई पर्याप्त पानी पुर्याउन केयूकेएल वैकल्पिक स्रोत खोज्न संघर्षरत छ।
मेलम्चीको मुहानमा बाढीले अस्थायी ड्याम भत्किएपछि बिहीबार रातिदेखि सुरुङमार्फत काठमाडौंमा वितरण हुँदै आएको पानी पूर्ण रूपमा बन्द गरिएको छ ।
प्रहरीले गलत नियत राखेर दुःख दिएको व्यवसायीको आरोप, राजस्व अनुसन्धानका अधिकारी भन्छन्, ‘ट्रकमा के हेर्ने हो बुझ्न सकिएन’
रास्वपाले प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचनाको प्रस्तावपछि संघीयता पक्षधर दलहरूले जनताको अधिकार र लोकतन्त्रमा खतरा देखिएको बताएका छन्।
कोशीका ५, मधेशका ११, बागमतीका २, गण्डकीका १, लुम्बिनीका ४, कर्णालीका १ र सुदूरपश्चिमका ३ पालिले १० असारसम्म बजेट सार्वजनिक गर्न सकेनन् ।
काठमाडौं महानगरले सहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड दिएको छ ।
आगामी वर्षमा संघ सरकारबाट प्रदेश र स्थानीय तहमा ६ खर्बभन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ ।
संघीय सरकारले आगामी वर्षका लागि प्रदेशका लागि ३ अर्ब ८२ करोड र स्थानीय तहका लागि ९ अर्ब ४० करोड विशेष अनुदान उपलब्ध गराउनेछ ।