वैदेशिक रोजगार ठगी मुद्दाका फरार पक्राउ

असार ९, २०८१

कान्तिपुर संवाददाता

Fugitive arrested in foreign employment fraud case

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–८ राजावास बस्ने मिन बहादुर मगर छन् ।

मगर जिल्ला अदालत उदयपुरको २०७४ फागुन २१ गतेको फैसलाले १ वर्ष ३ महिना २४ दिन कैद सजाय र ४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully