कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

इच्छाकामना गाउँपालिकाका तीन सामुदायिक विद्यालय एसईईमा शून्य 

चितवन — चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका तीन सामुदायिक विद्यालय (सरकारी)को एसईई नतिजा शून्य आएको छ । गाउँपालिकाभरिबाट आठ वटा सामुदायिक विद्यालयका ३०८ जना विद्यार्थीले यो पटक एसईई दिएका थिए ।

इच्छाकामना गाउँपालिकाका तीन सामुदायिक विद्यालय एसईईमा शून्य 

तीमध्ये ३८ जना मात्रै उत्तीर्ण भएको इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्रबहादुर रोकायाले जानकारी दिएका छन् । ७७ जना ग्रेडवृद्धिमा सहभागी हुन पाउने छन् ।

इच्छाकामनाको धेरैजसो भूभाग पहाडी क्षेत्र हो । बजार क्षेत्रमा रहेका दुई ठूला स्कुलको नतिजा पनि सन्तोषजनक छैन । गाउँपालिकाको शिक्षा शाखाबाट प्राप्त विवरणअनुसार राजमार्गआडको इच्छाकामना गाउँपालिका–४ कुरिनटारको सर्वशान्ती माविबाट ११२ जना विद्यार्थीले एसईई दिएकोमा २२ जना उत्तीर्ण भए । वडा नम्बर ४ मुग्लिनको त्रिवेणी बराह माविबाट ५२ जनामा दुईजना मात्रै एसईई उत्तीर्ण भएका छन् ।

इच्छाकामना गाउँपालिका–२ को जनप्रिय मावि, वडा नम्बर ३ को माझगाउँ मावि र वडा नम्बर ६ को श्री मावि ढुङ्ग्रेबाट एसईई दिएका कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । चितवनको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदीका अनुसार यो वर्ष चितवनमा २३३ विद्यालयका कुल १० हजार ८३२ जनाले एसईई दिएका थिए । जसमध्ये ६ हजार ४१ जना उर्त्तीण भएको सुवेदीले जानकारी दिए ।

प्रकाशित : असार १४, २०८१ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×