कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

असार १५ मा धान रोप्न प्रधानमन्त्री चितवनमा

चितवन — असार १५ का दिन शनिबार चितवनमा आयोजना हुने २१ औं राष्ट्रिय धान दिवसका दुइटा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुँदैछन् । 

असार १५ मा धान रोप्न प्रधानमन्त्री चितवनमा

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विभागका महानिर्देशकको अध्यक्षतामा रहने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समितिले बछौलीमा धान दिवसको कार्यक्रम गर्दैछ । बछुली बहुउद्देश्यीय कृषक समूहको सक्रियतामा रत्ननगर नगरपालिका–६ बछौली सौराहा बसपार्क आडमा हुने कार्यक्रममा मेसिनले धान रोप्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई भरतपुरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले बताए । उक्त अवसरमा एक हेक्टरमा मेसिनले धान रोप्ने उनको भनाइ छ ।

यो वर्षको धान दिवसको नारा ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ । जलवायु परिवर्तनको असर धान खेतीमा पनि परेको कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले बताए । उनका अनुसार वर्षा हुने प्रवृत्ति परिवर्तन भएको छ । कहिले छिटो र कहिले ढिलो वर्षा हुन्छ । कहिले थोरै र कहिले धेरै पानी पर्दा खडेरी र डुबानको समस्या बढेको छ । धान काट्न ठिक्क हुँदा लगातार झरी परेर समस्या ल्याउँछ ।

‘यसका लागि मौसम पूर्वानुमान प्रभावकारी र सटिक बनाउनु पर्दछ । र, त्यसको जानकारी किसानसम्म पुग्ने परिपाटी हामीले विकास गर्दै छौं । जसका कारण किसानले खेती लगाउने र स्याहार्ने तालिका बनाउने छन्,’ महानिर्देशक घिमिरेले भने । अर्कोतर्फ डुबान सहने दुई र सुख्खा सहने धानका ६ वटा जातहरु पनि विकास गरेको उनले बताए । खेतीमा यान्त्रिकीकरण गरे उत्पादन बढ्ने र लागत घट्ने उनले सुनाए ।

प्रधानमन्त्री दाहाल बछौलीको कार्यक्रमपछि भरतपुरमा आयोजना हुने धान दिवसको कार्यक्रममा पनि सहभागी हुने छन् । भरतपुर महानगरपालिका–६ मा रहेको अन्नपूर्ण दुग्ध सहकारी संस्था केशरबागमा हुने धान दिवस र रोपाइँ महोत्सवका प्रमुख अतिथि पनि प्रधानमन्त्री दाहाल नै रहेका छन् । उक्त कार्यक्रममा सहभागी हुन भरतपुर महानगरपालकिा नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरेको छ ।

प्रकाशित : असार १४, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×