कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सुनकोसीको गाउँसभा अझै अन्योलमा 

अनिश तिवारी

सिन्धुपाल्चोक — आन्तरिक विवाद र असन्तुष्टिका कारण जिल्लाको सुनकोसी गाउँपालिकाको चौथो गाउँसभा अझै हुन सकेको छैन । असार १० गते हुनुपर्ने गाउँसभा अझै अनिश्चित रहेको उपाध्यक्ष कान्छी लामाले बताइन् ।

सुनकोसीको गाउँसभा अझै अन्योलमा 

यसअघि असार १० मा सुनकोसी गापाको गाउँसभा राखिएको थियो । जसमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा एक पक्षीय ढंगले गरिएको आरोप लगाउँदै उपाध्यक्षसहित ३१ जना कार्यपालिका सदस्य अनुपस्थित भएका थिए । गाउँसभा राखिए पनि बहुमत कार्यपालिका सदस्यहरु नआएपछि गाउँसभा सम्पन्न हुन सकेको थिएन ।

चौथो गाउँसभा अधिवेशनमा गणपुरक संख्या नपुगेर स्थगित गरेको र असार २६ मा सारिएको भन्दै सुनकोसी गापाले त्यही दिन सूचना जारी गरेको छ । यसबारे आफूसहित सबै जनप्रतिनिधिलाई थाह नभएको उपाध्यक्ष लामाले बताइन् । 'गाउँसभा असार २६ गते सारिएको सूचना फेसबुकको भित्ताबाट थाहा पाएँ, गापा अध्यक्षले आफ्नो एकलौटी गरिरहनुभएको छ, उहाँ अमुक पक्षबाट परिचालित हुनुहुन्छ,' उपाध्यक्ष लामाले भनिन् ।

सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना यतिबला चीनमा छन् । अध्यक्षले आफूलाई कार्यवाहक दिएर निजी कामका लागि चीनमा गएको उपाध्यक्ष लामाले बताइन् ।

जिल्लाको ३ नगर र ८ गाउँपालिकाले निर्धारित समयमै नीति तथा कार्यक्रम र बजेट ल्याइसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, ०७४ को व्यवस्थाअनुरुप पालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : असार १५, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×