कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

मन्त्रीहरूलाई अध्यक्षले सामूहिक रूपमा बालकोट बोलाउनुभएको छैन : मन्त्री गिरी

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रुपमा आफ्नो निवास बालकोट नबोलाएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । 

मन्त्रीहरूलाई अध्यक्षले सामूहिक रूपमा बालकोट बोलाउनुभएको छैन : मन्त्री गिरी

मन्त्रिपरिषद्को बैठक सकिएपछि मन्त्री गिरीले अध्यक्ष ओलीले एमालेबाट सरकारमा सहभागी भएका नेताहरूलाई बालकोट नबोलाएको बताएका हुन् । 'अध्यक्षज्यूले हाम्रो पार्टीबाट मन्त्री हुनुभएकाहरूलाई आफ्नो निवास बालकोटमा सामूहिक रूपमा बोलाउनुभएको छैन,' उनले भने ।

यसैबीच, अध्यक्ष केपी शर्मा ‌ओलीको सचिवालयले पनि सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको जनाएको छ । सामाजिक सञ्जालमा अध्यक्ष ओलीको सचिवालयले लेखेको छ, 'अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ । तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ ।'

एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने भन्ने चर्चाका बीच अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको सूचना सार्वजनिक भएका थिए ।

प्रकाशित : असार १७, २०८१ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×