नदी छेउको चिटिक्क गाउँसँगै फराकिला फाँट र खेत । त्यही फाँटमा कोही आलु खनेर बोरामा भर्दै छन्, कोही जोख्दै सडकसम्म लगेर बिक्री गरिरहेका छन् । सातायता बर्खे आलुको पकेट क्षेत्र मानिने इन्द्रावती, मेलम्ची, झ्याडीखोला किनारका दृश्य हुन् यी ।
मेलम्ची खानेपानी आयोजनाको मुहानमा सोमबार मन्त्रीहरूको भीड लाग्यो । खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर गाडीका लस्कर लगाउँदै मुहानस्थल पुगे । आयोजनाको मुख्य सुरुङमा पानी छाड्ने स्विच थिच्न काठमाडौंदेखि तीन मन्त्री मेलम्ची पुगेका हुन् ।
भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो ।
भोटेकोशी गाउँपालिका–२ तातोपानी क्षेत्रबाट चीन जोड्ने उत्तरी तातोपानी नाका फेरि बन्द हुने भएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त नेपाल चीन नाका मितेरी पुलको जगको संरचना मर्मतसंम्भार गर्न एकतर्फी आयातको रुपमा चल्दै आएको तातोपानी नाका आगामी (जनवरी २०) माघ ७ गतेदेखि २० दिनसम्म बन्द हुन लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा जसरी पनि निर्वाचन भएर छाड्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको प्रतिनिधिले जनताबीच जान्छु’ भनेर निर्वाचन मिति तोकेको उनले बताए ।
कोभिड–१९ को संक्रमणबीच सम्पूर्ण व्यापार ठप्पप्रायः छ । जिल्लाबाट चीन जोड्ने उत्तरी तातोपानी नाका एकतर्फी मात्र खोलिएको छ । तर कोरोना कालमै पनि सिन्धु कफी सहकारी संघबाट वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात रोकिएको छैन ।
तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय मजदुर, व्यवसायी र कन्टेनर चालक आन्दोलित भएका छन् । शनिबार पनि नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र भोटेकोसी क्षेत्रका स्थानीयले तातोपानीदेखि लिपिङक्षेत्रसम्म नाराबाजी गरे ।