पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका तीन दिनपछि बिहिबारदेखि सञ्चालनमा आएको भोलिपल्टै शुक्रबार बिहानदेखि फेरि ठप्प भएको हो।
सोमबार लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मतसँगै नाका सञ्चालनमा आएको हो ।
लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि सोमबारदेखि अवरुद्ध बनेको कोदारी सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालन आउन नसकेको हो ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयसँग समन्वय भइसकेको छ र पहिरो पन्छाउने काम सुरु गरिएको छ।
नेपाल-चीन सीमास्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट तातोपानीका अनुसार ना६ ख ६९८२ नम्बरको ट्रान्सपोर्ट कम्पनीको कन्टेनरमा पहिरोले क्षति पुर्याएको हो ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा धान खेती हुने ७ हजार ६५६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ हजार ६१५ हेक्टर (२१.१ प्रतिशत) मा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
चीनको जाङ्मु पोर्ट प्रशासनले माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
उनीहरूलाई सीमा उल्लंघन गरेको भन्दै चिनियाँ प्रशासनले प्रतिव्यक्ति १ हजार युआन (करिब २२ हजार ४ सय रुपैयाँ) जरिवाना गरेको छ ।
लप्ची सीमावर्ती क्षेत्रमा ड्रोन उडाउँदा पक्राउ परेका दुई नेपाली युवा कानुनी प्रक्रिया र पत्राचारपछि सकुशल स्वदेश फर्काइएका छन्।
काठमाडौंका मनोज प्रजापति र भक्तपुरका १७ वर्षीय सुदीप थापा मगरले लप्ची घुम्न गएका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।