कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोपा अमेरिका : बोलिभियामाथि उरुग्वे ठूलो अन्तरले विजयी

काठमाडौँ — उरुग्वेले कोपा अमेरिकामा शुक्रबार बोलिभियामाथि ५–० को अन्तरको जित निकालेको छ । उरुग्वको समूह ‘सी’ मा लगातार दोस्रो जित हो र उसको ६ अंक भएको छ । उरुग्वेले नकआउट चरण यात्रा पनि तय गरेको छ ।

कोपा अमेरिका : बोलिभियामाथि उरुग्वे ठूलो अन्तरले विजयी

बोलिभिया भने शून्य अंकसहित पुछारमा छ । समूहको अर्को खेलमा पानामाले अमेरिकालाई २–१ ले स्तब्ध पार्‍यो । जोसे फजार्डोले पानामाका लागि निर्णायक गोल गरे । दुवै खेलको अन्त्यमा दस दस खेलाडीमा सीमित थिए ।

पानामा र अमेरिका दुवै समान तीन अंकमा छन् । उरुग्वेका जितमा भने फाकुन्डो पेलिस्ट्री, डारविन नुनेज, म्याक्सिमिलिनो अराउजो, फेडरि भाल्भरडे र रोडरिगो बेन्टकरले गोल गरे । अब समूहको अन्तिम खेलमा बेलिभियाले पानामा तथा अमेरिकाले उरुग्वेको सामना गर्नेछ ।

प्रकाशित : असार १४, २०८१ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×