कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते

काठमाडौँ — भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल-१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते

छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडूले घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिएका छन् । दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाएका छन् ।

तस्बिरहरू : अतुल कृष्णनको एक्सबाट

दिल्ली मौसम विभागका अनुसार पछिल्लो समय राष्ट्रिय राजधानी क्षेत्र(एनसीआर) मा भारी वर्षा भइरहेको छ ।

प्रकाशित : असार १४, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×