कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहाना स्मृति यू–१९ भलिबलको समीकरण पूरा

काठमाडौँ —  प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको बिहीबारको खेलपछि सेमिफाइनल समीकरण पूरा भएको छ । 

सहाना स्मृति यू–१९ भलिबलको समीकरण पूरा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फ लुम्बिनी र गण्डकी तथा वाग्मती र कोशी प्रदेश सेमिफाइनलमा पुगेका छन् ।पुरुषतर्फ सेमिफाइनलमा सुदूरपश्चिमले गण्डकी तथा लुम्बिनीले वाग्मतीसँग खेल्नेछन् ।

महिलातर्फ बिहीबार कर्णालीले मधेश प्रदेशलाई २४–२६, २५–९, २५–१०, २५–१९ ले हरायो । खेलमा कर्णालीकी हरिमाया वली प्लेयर अफ द म्याच भइन् । लुम्बिनीले कोशीविरुद्ध २५–१२, २५–१५, २५–२१ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको थियो । लुम्बिनीकी निशा चौधरी प्लेयर अफ द म्याच भइन् ।

पुरुषतर्फ कोशीले मधेश प्रदेशलाई २५–१८, २५–२१, २५–२० ले हरायो । खेलमा जीवन राना प्लेयर अफ द म्याच भए । सुदूरपश्चिमले वाग्मतीविरुद्ध २५–२१, २५–१३, २५–१४ को सेटमा जित पायो । खेलमा सुदूरका अर्जुन नेपाली प्लेयर अफ द म्याच भए । प्रतियोगिता सहाना प्रधान फाउन्डेसनको आयोजनामा भइरहेको हो ।

प्रकाशित : असार १४, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×