कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाबुछोरा सँगसँगै एसईई पास

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतमा बाबुछोरा सँगसँगै एसईई पास भएका छन् । वीरेन्द्रनगर नगरपालिका - २ का मोतिलाल बोहरा र उनका बाबु अनक बोहरा २०८० को एसईई उत्तीर्ण भएका हुन् । 

बाबुछोरा सँगसँगै एसईई पास

१६ वर्षीय छोरा मोतिलालले सुर्खेतको पब्लिक एकेडेमी सेकेन्डरी स्कुलबाट परीक्षा दिएका थिए । उनले ३.५६ जीपीए ल्याएका छन् ।

बाबु अनकले भने २.७७ जीपीए ल्याएका छन् । ४४ वर्षीय अनकले रौतहटको सरस्वती माध्यमिक विद्यालयबाट परीक्षा दिएका थिए । अनक नेपाली सेनामा कार्यरत छन् । 'बुवाले ९ कक्षा पढेर छोड्नुभएको थियो, यो वर्ष परीक्षा दिनुभयो,' मोतिलाल भन्छन्, 'सँगसँगै पास भयौँ । खुसी छौँ ।'

प्रकाशित : असार १४, २०८१ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×