कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रिकन्डिसन अटो व्यवसायी संघको कर्णाली प्रदेश समिति गठन

महेश केसी

रुकुम पश्चिम — नेपाल रिकन्डिसन अटो व्यवसायी संघको कर्णाली प्रदेश कार्यसमिति गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित प्रदेशस्तरीय भेलाबाट प्रकाशकुमार शाहीको संयोजकत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

रिकन्डिसन अटो व्यवसायी संघको कर्णाली प्रदेश समिति गठन

केन्द्रीय उपाध्यक्ष प्रवीण लामिछाने र सहकोषध्यक्ष रोजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेश अध्यक्ष महेश रावलको विशेष उपस्थितिमा गठन गरिएको कर्णाली प्रदेश समितिको सहसंयोजकमा शंकर भण्डारी, सचिवमा ओम खड्का, कोषाध्यक्षमा तीर्थ बोगटी छन् ।

सदस्यहरुमा ईन्द्र थापा तथा रिजुवान शाही रहेको गण्डकी प्रदेश अध्यक्ष रावलले बताए । १ जना पछि थपिनेछ । साथै उपेन्द्र शाही र दिपेन्द्रकुमार खड्कालाई सल्लाहकारका रुपमा चयन गरिएको छ ।

अटो रिकन्डिसन व्यवसायलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यका साथ गठन गरिएको यो संघको धनगढीमा आयोजित भेलाबाट सुदूरपश्चिम प्रदेश समिति पनि आजै गठन गरिएको छ । हरि रावतको संयोजकत्वमा ७ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको हो ।

प्रकाशित : असार १५, २०८१ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×