कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुगुमा ७० प्रतिशत धान रोपाइँ

मुगु — मुगुमा असार १५ सम्म करिव ७० प्रतिशत धान रोपाइँ भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । 

मुगुमा ७० प्रतिशत धान रोपाइँ

गत जेठ दोश्रो सातादेखि मुगुको खत्याड, सोरु र छायाँनाथ रारा नगरपालिकाका किसानले धान रोपाइँ सुरु गरेको करिव एक महिनाभित्र ७० प्रतिशत धान रोपाइँ र ३० प्रतिशत बाँकी रहेको कार्यालयका प्रमुख चन्द्रबहादुर शाहीले बताए ।

उनका अनुसार खोलानाला सिंचाइ नहर कुलो लगायत पानीको सुविधा भएको बस्तीमा धान रोपाइँ सकिएको छ भने अब आकासे पानीको भरपर्ने ठाउँहरुमा मात्रै रोपाइँ बाँकी रहेको छ । असार २० सम्म धान रोपाइँ सम्पन्न गरिसक्नु पर्ने भएपनि खडेरीको असरले ढिलाइ भएको उनको भनाइ छ ।

धान रोपाइँ ढिला हुँदा उत्पादनमा कमी आउने जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यो पटक खडेरीले गर्दा मुहानमा पानीको श्रोतमा कमी आउँदा किसानलाई रोपाइँ गर्न मुश्किल भएको छ।

मुगुमा कुल खेतीयोग्य जमिन १० हजार ४ सय ६१ हेक्टर जमिनमध्ये ९ हजार ३१ जमिनमा २ हजार ४८ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रकाशित : असार १५, २०८१ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×