कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संघीय मामिलाका २४ दरबन्दी कटौती

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई उपसचिवसहित २४ दरबन्दी कटौती गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले मन्त्रालयले प्रस्ताव गरेको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) मा केही हेरफेर गरेर कर्मचारी दरबन्दी कटौती गरेको हो ।

संघीय मामिलाका २४ दरबन्दी कटौती

मन्त्रालयमा कर्मचारीको दरबन्दी १ सय ७२ बाट १ सय ४८ मा झारिएको छ । उपसचिव २, शाखा अधिकृत ७, नायव सुब्बा ३, खरिदार ६, टाइप नासु २, कम्प्युटर अपरेटर २ र कार्यालय सहयोगी ३ जनाको दरबन्दी घटाइएको छ । त्यस्तै मन्त्रालयको प्रशासन महाशाखालाई विभाजन गरेर आन्तरिक व्यवस्थापन महाशाखा थपिएको छ ।

प्रशासन महाशाखाले अब कर्मचारी सरुवा तथा बढुवाको काम मात्र गर्नेछ । सूचना प्रविधि शाखामा रहेको प्रशासन सेवाको दरबन्दी कटौती गरेर प्राविधिक दरबन्दी बनाइएको हो ।

सूचना प्रविधि शाखालाई आन्तरिक व्यवस्थापन महाशाखाअन्तर्गत राखिएको छ । कर्मचारी समायोजन तथा संगठन विकास महाशाखा खारेज गरिएको छ । अब समायोजनसँग सम्बन्धित काम आन्तरिक व्यवस्थापन महाशाखाले हेर्नेछ ।

प्रकाशित : असार १६, २०८१ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×