कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

केईको एक्स–३ प्रो ४६ लाख ९६ हजार रुपैयाँमा

काठमाडौँ — केई मोटर्सको आधिकारीक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरेको हो ।

केईको एक्स–३ प्रो ४६ लाख ९६ हजार रुपैयाँमा

अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहनेछ ।

कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । कम्पनीका अनुसार सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ ।

यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।१०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

प्रकाशित : असार १४, २०८१ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×