कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१५औं वार्षिकोत्सवका अवसरमा बिगमार्टको उपहार नै उपहार

काठमाडौँ — बिगमार्टले १५औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहार–अभियान घोषणा गरेको छ । बिगमार्टले आफ्ना ग्राहकहरूका लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक छुट र अफर ल्याएको हो । १५औं वार्षिकोत्सवको छुट तथा उपहारको अभियान यही जुलाई महिनाभर सञ्चालन हुने बिगमार्टले जनाएको छ ।

१५औं वार्षिकोत्सवका अवसरमा बिगमार्टको उपहार नै उपहार

जुलाई १, २०२४ देखि जुलाई ३१, २०२४ सम्म बिगमार्टको आउटलेटमा गएर यो उत्सवको अभियानमा जो कोही पनि सहभागी हुन सक्नेछन् । १५ वर्षसम्मको अनवरत यात्रामा सधैँ साथ, समर्थन र हौसला दिने लाखौं ग्राहकप्रति कृतज्ञता जाहेर गर्न यो अभियान सञ्चालन गरेको बिगमार्टले जनाएको छ ।

नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पूरा गरेको अवसरमा १५ जना भाग्यशाली ग्राहकहरूलाई १५ तोला सुन(प्रतिव्यक्ती एक तोला) र १५ वटा स्मार्टफोन(प्रतिव्यक्ति एक थान) प्रदान गरिनेछ । यो एक महिनाको अवधिमा बिगमार्टमा ७५० रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहक स्वतः भाग्यशाली‘ड्र’मा प्रवेश गर्नेछन् ।

यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत डिस्काउन्ट वा सय रुपैयाँ छुटमध्ये जुन कम हुन्छ त्यो तत्काल प्राप्त गर्नेछन् । यो उत्सवको महाअभियानमा सबै ग्राहकहरूको लागि केही न केही छ भन्ने सुनिश्चित गर्न थुप्रै सामानहरूको मूल्यमा विशेष छुट दिइनेछ ।

१५ वटा स्मार्टफोन जित्नका लागि बिगमार्टका आउटलेटमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ । बिगमार्टले आधिकारिक सोसल मिडिया पेजमा ती फोटो अपलोड गर्नेछ । अपलोड गरिएका फाटोहरू आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गर्नुपर्नेछ ।

१५औं वार्षिकोत्सवको भव्य अभियान र उत्सवमा सामेल हुन र उत्कृष्ट अफर तथा पुरस्कारहरू जित्नका लागि बिगमार्ट सबैलाई आमन्त्रित गर्दछ । बिगमार्ट नेपालको अग्रणी खुद्रा चेन हो, जसले किराना, ताजा उत्पादन, घरायसी वस्तुहरूसहित विभिन्न उत्पादनहरू उपलब्ध गराउँछ ।

प्रकाशित : असार १६, २०८१ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×