कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आईएपीबी युवा प्रणाली नेता पुरस्कार एचसीपी क्योरब्लाइन्डनेसकी पुनम भण्डारी

काठमाडौँ — अन्तर्राष्ट्रिय अन्धोपन रोकथाम एजेन्सी (आईएपीबी) द्वारा प्रतिष्ठित आईएपीबी युवा प्रणाली नेता पुरस्कार एचसीपी क्योरब्लाइन्डनेसका नेपाल र भूटानका देश निर्देशक पुनम भण्डारीले पाएकी छिन् ।यो पुरस्कार मेक्सिको सिटीमा आयोजित आईएपीबी २०३० इनसाइट लाइभ सम्मेलनमा दिइएको हो ।

आईएपीबी युवा प्रणाली नेता पुरस्कार एचसीपी क्योरब्लाइन्डनेसकी पुनम भण्डारी

आईएपीबीले विभिन्न पृष्ठभूमिका युवा नेताहरूलाई सम्मानित गर्दै आएकाे छ । आईएपीबीले यस पुरस्कारको लागि ९ असाधारण युवा प्रणाली नेताहरू चयन गरेको छ । परम्परागत हस्तक्षेपहरू भन्दा माथि उक्लेर स्थायी र प्रभावकारी आँखा हेरचाह प्रणालीहरू निर्माण गर्ने प्रयासको उत्सव मनाउँनेछन् ।

भण्डारीको नेतृत्व र समर्पण एचसीपी क्योरब्लाइन्डनेसको दृष्टि रोकथाम गर्ने मिशनमा महत्वपूर्ण रहेको छ । आँखा हेरचाह सेवाहरूलाई सुधार गर्न र दिगो स्वास्थ्य सेवा प्रणालीहरू निर्माण गर्न भण्डारीको महत्वपूर्ण भूमिका छ । दिगो आँखा हेरचाह प्रणालीहरू निर्माणमा सहकार्यका प्रयासहरूको प्रभावको प्रमाणको रूपमा आईएपीबी युवा प्रणाली नेता पुरस्कारले भण्डारीको उल्लेखनीय योगदानलाई मात्र सम्मान गरेको छ ।

‘आँखा स्वास्थ्यको भविष्य यस नयाँ पुस्ताको काँधमा छ । आईएपीबी युवा प्रणाली नेता पुरस्कारहरूले आँखा स्वास्थ्यको भविष्यलाई परिभाषित गर्ने र धेरैको जीवनलाई राम्रो बनाउने उज्ज्वलता, उत्साह र सहकार्यको भावनाको उत्सव मनाउँछन्,’ आईएपीबीका अध्यक्ष क्यारोलाइन केसिले भनिन ।

प्रकाशित : असार १५, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×