कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा

काठमाडौँ — नेपाल युवा उद्यमी मञ्च (एनवाएइएफ) को अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा शुक्रबार आयोजित मञ्चको छैटौं वार्षिक साधारणसभाले अध्यक्ष गोल्छासहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा गोल्छा

निर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता गरे । मञ्चको पहिलो उपाध्यक्षमा आप्पा शेर्पा, दोस्रो उपाध्यक्षमा अनुभाव श्रेष्ठ छनोट भएका छन् ।

मञ्चका सदस्यहरुमा क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल चयन भएका हुन् ।

नयाँ कार्यसमितिले एनवाएइएफ काठमाडौंलाई उद्यमशीलता प्रवर्द्धन गर्न र नेपालका युवा र महिलाहरूका लागि अवसर सिर्जना गर्न विविध विशेषज्ञता ल्याउने जनाएको छ । नयाँ कार्यसमितिले एनवाएइएफ काठमाडौंको मिसनलाई निरन्तरता दिने र स्थानीय व्यापार वातावरणमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता गरेको हो ।

नेपालका युवा र महिलाहरूमा उद्यमशीलता, नवीनता र आर्थिक वृद्धिलाई प्रोत्साहित गर्ने एनवाएईएफको लक्ष्य हो । स्रोतहरू, नेटवर्किङ अवसरहरू र परामर्श दिई एनवाएईएफ काठमाडौंले युवा उद्यमीहरूलाई आफ्नो व्यावसायिक आकांक्षाहरू पूरा गर्न र समाजमा दिगो प्रभाव पार्न समर्थन गर्ने जनाएको छ ।

प्रकाशित : असार १६, २०८१ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×