कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बर्दियाका करण परियारले जिते ‘नेपाल आइडल–५’ को उपाधि 

काठमाडौँ —  प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

बर्दियाका करण परियारले जिते ‘नेपाल आइडल–५’ को उपाधि 

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै करणले उपाधि जितेका हुन् ।

विजेता परियारले नगद २५ लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भइन् । उनले १० लाख रुपैयाँ पाइन् । त्यस्तै तेस्रो भएका दार्जीलिङका सचिन विश्वकर्माले ५ लाख रुपैयाँ पाए । त्यस्तै चौथो स्थान हात पारेका दार्जीलिङकै मोहित भुजेलले स्कुटर पाए ।

‘नेपाल आइडल’को पाँचौँ संस्करणको निर्णायकमा न्हू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए ।

प्रकाशित : असार ९, २०८१ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×