कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झापाबाट ४ जीपीए ल्याउने एक्ली विद्यार्थी

झापा — झापाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् ।  बिहीबार सार्वजनिक भएको नतिजाअनुसार झापाको दमकस्थित सिद्धार्थ बोर्डिङ स्कुलकी छात्रा कुसिका बस्नेतले जीपीए ४ ल्याएकी हुन् । 

झापाबाट ४ जीपीए ल्याउने एक्ली विद्यार्थी

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार जीपीए ४ नतिजा ल्याउने बस्नेत जिल्लाकै एक्ली विद्यार्थी हुन् । बस्नेत सानैदेखि मेधावी विद्यार्थी रहेको स्कुल प्रशासनले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार झापामा कुल १५ हजार ५ सय ६२ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । जसमा ७ सय ४६ विद्यार्थीले जीपीए ३ दशमलव ६० ल्याए । एकले मात्रै जीपीए ४ ल्याइन् । २ हजार ४ सय ५४ विद्यार्थीले जीपीए ३ दशमलव २० देखि ३ दशमलव ६० ल्याए ।

२ हजार ९ सय ७२ ले जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० ल्याए । १ हजार १ सय ३ जनाले जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याए । ४५ जनाले जीपीए २ देखि २ दशमलव ४० ल्याए । ८ हजार १ सय ३७ जनाले एनए/एनजी ल्याए ।

प्रकाशित : असार १४, २०८१ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×