कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खोटाङमा मनाइयो धान दिवस

डम्बरसिं राई

काठमाडौँ — जिल्लामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८१ मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजना दिक्तेलको झिसेपुमा शनिबार धान रोपिएको हो । यस अवसरमा बालबालिका, युवा–युवती, कर्मचारी, जनप्रतिनिधिदेखि पाकासम्मले धान रोपेका छन् । 

खोटाङमा मनाइयो धान दिवस

किसानलाई खेतीप्रति हौसला दिन धान दिवस मनाइने गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । किसानको सम्मानका लागि पनि धान दिवस मनाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राईले बताए ।

जिल्लामा यो वर्ष १ हजार ३४२.४५ हेक्टरमा अर्थात् १३.४० प्रतिशत धान रोपिसकिएको छ । यसमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा १६ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा १४, जन्तेढुंगा गाउँपालिकामा १.०३७, बराहापोखरी गाउँपालिकामा २, खोटेहाङ गाउँपालिकामा १५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १५, साकेला गाउँपालिकामा २०, रावाबेंसी गाउँपालिकामा १०, केपिलासगढी गाउँपालिकामा १० र ऐँसेलुखर्क गाउँपालिकामा १० प्रतिशत धान रोपिएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।


पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढीमा ३ हजार ५ सय, हलेसी तुवाचुङमा १ सय २०, जन्तेढुंगामा २ सय ४०.९६, बराहापोखरीमा ६ सय ५७, खोटेहाङमा १ हजार २ सय, दिप्रुङ चुइचुम्मामा १ हजार २ सय, साकेलामा ८ सय, रावाबेंसीमा ८ सय ५०, केपिलासगढीमा ४ सय ५० र ऐँसेलुखर्कमा १ हजार हेक्टर गरी जिल्लाभर १० हजार १८.४० हेक्टरमा धान खेती गरिन्छ ।


प्रकाशित : असार १५, २०८१ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×