कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : मोरङका दुई निजीसहित ३० विद्यालयको नतिजा शून्य

विराटनगर — एसईईमा मोरङका दुई निजीसहित ३० विद्यालयको नतिजा शून्य आएको छ । यहाँ दर्जन बढी विद्यालयवाट एक–एक जनामात्र विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लामा १ सय ६९ सामुदायिक र २ सय २५ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सामेल थिए ।

एसईई : मोरङका दुई निजीसहित ३० विद्यालयको नतिजा शून्य

शिक्षा समन्वय इकाई मोरङका परीक्षा शाखाका प्राविधिक राजन भट्टराईका अनुसार विराटनगर महानगरपालिकामा दुई निजीसहित ११, ग्रामथान गाउँपालिकाका ५, केरावारका ४, लेटाङका ३, जहदा र बुढीगंगाका दुई/दुई तथा उर्लाबारी, कानेपोखरी र रंगेलीका १/१ विद्यालयको नतिजा शून्य पाइएको छ ।

विराटनगरका दुई निजी विद्यालय विराट भिक्टोरीया र ग्रिननर्थ प्वाइन्ट बोर्डिङ स्कुलको नतिजा शून्य रहेका भट्टराईले बताए । नजिता शून्य ल्याउने सामुदायिक विद्यालय मध्ये विराटनगरको नाम चलेको जनता नमुना विद्यालय पनि छ ।

भट्टराईका अनुसार त्यसबाहेक विराटनगरका विराट महेन्द्र रात्री मावि, गायत्री संस्कृत मावि, वालमावि जतुवा, शिक्षा सदन मावि, जनता मावि इक्राही, सार्वजनिक मावि बैजनाथपुर, तालीमुल कुरान मावि, जामिया माविको एसईई नतिजा शून्य छ । त्यसैगरी उर्लाबारीको राधिका मावि स्कुलडाँडा, कानेपोखरीका बाल मावि हरकपुर, केराबारी गाउँपालिका अर्न्तगतका सार्वजनिक मावि केराबारी, सरस्वती मावि पाटीगाउँ, रामपुर मावि भोगटेनी र जनकल्याण मावि छन् ।

ग्रामथान गाउँपालिका अर्न्तगतको पब्लिक मावि धनिवनी गाउँ, वाणी मावि सिध्राहा, वीरेन्द्र मावि झोराहाट, गणेश मावि धोवियारी, बुध्देश्वर मावि बुधनगर, सार्वजनिक मावि सिसवनी जहदा, नारायण मावि डंग्राहा, जनप्रिय मावि टंकी जनता मावि आमतोला रंगेली, साग्मा मावि भोगटेनी, भोगटेनी मावि भोगटेनी र लक्ष्मी मावि बारङगीको नतिजा शून्य रहेको भट्टराईले जानकारी दिए ।

मोरङका सामुदायिक र सस्थागत गरी ३ सय ९४ विद्यालयका १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ५३.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये विभिन्न पाँच निजी विद्यालयका ८ जनाले ४ जिपीए ल्याएका छन् ।

४ जीपीए ल्याउनेमा विराटनरको एभरेष्ट वोर्डिङ स्कुलका राजु साह, सुब्रत वराल र कृतज्ञ दाहाल छन । त्यसैगरी सगरमाथा आवासीय विद्यालयका प्रतिभा रौनियार, रेड स्टार बोर्डिङ स्कुल पथरीका सतीश आचार्य र अजय लिम्बु, पशुपति आवासीय विद्यालय उर्लावारीकी अन्वेशा बस्नेत र बुढानीलकण्ठ आवासीय मावि विराटनगरका सिरिन भट्टराई छन् ।

यसअघि लगातार ४ जिपिए ल्याएर अविभावकको आर्कषण बनेका विराटनगरका सामुदायिक विद्यालय मध्ये पोखरीया उच्च मावि र आर्दश उच्च माविको नतिजा यसपाली पनि सन्तोषजनक छ । आर्दशका अनिलकुमार केवरटले ३.९५ र दिपेशकुमार मण्डलले ९३.३७ जिपीएसहित ९३.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेर सामुदायिक तर्फ जिल्ला प्रथम भएको छ । त्यसैगरी पोखरीया उच्च माविका रिजन मिश्रले ३.८६ जिपीएसहित ८९.३७ प्रतिशत नतिजा ल्याएको छ ।

मोरङमा १७ हजार ५ सय ४५ परीक्षार्थी मध्ये ८ हजार ८ सय ८९ जना अर्थात ५३.२९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमले बताए ।

प्रकाशित : असार १५, २०८१ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×