कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कर्णालीबाट १ विद्यार्थीले मात्र ल्याए ४ जीपीए

सुर्खेत — कर्णाली प्रदेशबाट एकमात्रै विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । बिहिबार सार्वजनिक भएको नतिजा अनुसार सुर्खेतस्थित भ्याली मेरिडियन एकेडेमी बोर्डिङका छात्र दिनेश शर्माले ४ जीपीए प्राप्त गरेका हुन् ।

दिनेश कर्णालीबाट ४ जीपीए प्राप्त गर्ने एक्ला विद्यार्थी हुन् ।

विद्यालयका प्रिन्सिपल मानबहादुर ऐताले दिनेशले नर्सरीबाटै भ्याली मेरिडियनमा अध्ययन गर्दै आएको बताए । शिक्षा विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशबाट कुल ३५ हजार ८ सय ८ सय विद्यार्थीले एसईई परीक्षा दिएका थिए । कार्यालयका अनुसार १४ हजार विद्यार्थी पास भएको बताइएको छ । कर्णाली प्रदेशका सामुदायीक विद्यालयमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शुन्य छ ।

प्रकाशित : असार १४, २०८१ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×