कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुगल ट्रान्सलेटमा समावेश भयो नेपाल भाषा

काठमाडौँ — सर्च इन्जिन प्लाटफर्म, गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा (नेवारी) समावेश भएको छ । बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका ११० भाषा थप गरेको जानकारी गराएको थियो । तीमध्ये नेपालको नेवार समूदायको मातृभाषा पनि समेटिएको हो ।

गुगल ट्रान्सलेटमा समावेश भयो नेपाल भाषा

गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ । नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ ।

गुगलले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको जनाएको छ । एआईको पाल्म-२ ल्यांग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको ब्लग पोस्टमा उल्लेख छ ।

आफ्नो मातृभाषाको संरक्षणका लागि पहल गर्दै आएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंलोगलले गुगल ट्रान्सलेटमा नेपालभाषा समावेश भएकोमा खुशी व्यक्त गरेकी छन् । विश्व नेवा संगठनले सन् २०२१ देखि नै गुगल ट्रान्सलेटका इन्जिनियर समूहलाई अङ्ग्रेजीबाट नेपाल भाषामा अनुवाद गर्ने परियोजनाका लागि सहयोग गर्दै आएका थिए ।

सन् २०१३ को डिसेम्बरमा गुगलले नेपाली भाषालाई आफ्नो गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो । गुगल ट्रान्सलेटमार्फत भाषागत अवरोधलाई तोडेर मानिसहरूलाई आपसमा जोड्न खोजिएको गुगलले जनाउँदै आएको छ । यसअघि सन् २०२२ मा जेरो-सट मेसिन ट्रान्सलेसन प्रविधिमा आधारित भएर नयाँ भाषाहरू थप गरिएकोमा यसपटक एआईको सहयोगमा भाषा अनुवादलाई अझै प्रभावकारी बनाइएको गुगलको दाबी छ ।

प्रकाशित : असार १४, २०८१ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×