कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भाष्य तोडियो : अमोद राई

काठमाडौँ — नवीन सुब्बा निर्देशित फिल्म गाउँ आएको बाटो प्रदर्शनको तेस्रो सातामा छ । शुक्रबारदेखि प्रदर्शनको चौथो हप्तामा जाने यो फिल्मले फेस्टिभल पुगेका फिल्महरु घरेलु दर्शकबीच चल्दैन भन्ने  भाष्य तोडिदिएको छ । 

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भाष्य तोडियो : अमोद राई

'नेपालमा पहिल्यैदेखि फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने गलत भाष्य थियो । तर, त्यही भाष्यलाई हाम्रो फिल्मले तोडिदिएको छ,' निर्माता अमोद राईले भने,'यो फिल्म सामुदायिक लगानीमा बनाएका थियौं, सबै लगानी सुरक्षित भइसकेको छ । अब यो फिल्मले व्यावसायिक फिल्म बनाउनेहरुलाई पनि विश्व बजार पुग्ने फिल्म निर्माण गर्ने हौसला दिन्छ भन्नेमा आशावादी छौं ।'

फिल्मका लाइन प्रडुसर मिन्सो लिम्बूका अनुसार 'गाउँ आएको बाटो'ले प्रदर्शनको दोस्रो हप्तादेखि नै लगानी सुरक्षित गरेको हो । प्रदर्शनको दिनदेखि पूर्वका हलमा हाउसफूल दर्शक पाएको यो फिल्मलाई राई समुदायका दर्शकले निकै साथ दिएको मिन्सो बताउँछन् । 'अहिले पनि पूर्वका हलमा यो फिल्मले राम्रो दर्शक पाइरहेको छ । हाम्रो फिल्मलाई दिनु भएको मायाको लागि सबै दर्शकप्रति आभारी छौं,'उनले भने ।

बुवा छोराको सम्बन्धमार्फत विकासको अवधारणाको मुद्दा उठाएको 'गाउँ आएको बाटो'मा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । जेठ २५ देखि प्रदर्शनमा आएको यो फिल्मले काठमाडौंका थुप्रै हलमा पनि हाउसफूल दर्शकको साथ पाएको थियो । प्रदर्शनको पहिलो सातादेखि नै यो फिल्मको चर्चा 'वर्ड अफ माउथ'बाट दर्शकबीच फैलिएको थियो । फिल्मको 'राई माइला'बोलको गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको थियो ।

फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।

प्रकाशित : असार १३, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×