कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कमेडी च्याम्पियन्स-३ को उपाधि खड्कालाई

काठमाडौँ — कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी च्याम्पियन्स-३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । 

कमेडी च्याम्पियन्स-३ को उपाधि खड्कालाई

काठमाडौंको मूलपानीस्थित स्टुडियोमा शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् ।

यस्तै फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने सेकेन्ड रनरअप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरे।

चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा कलाकारहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए ।


प्रकाशित : असार १५, २०८१ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×