कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालले लेबनानमा नखेल्ने

काठमाडौँ — नेपाली राष्ट्रिय वुमेन्स फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगिता नखेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नेपालले प्रतियोगिता नखेल्ने भएको जनाएको छ ।

नेपालले लेबनानमा नखेल्ने

एन्फाले भनेको छ, ‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय खेलाडी तथा अन्यको सुरुक्षालाई मध्यनजर गर्दै त्यहाँ हुने प्रतियोगितामा भाग नलिने निर्णय गरेको छ ।’ प्रतियोगिता जुलाई ८ देखि १६ सम्म हुने कार्यक्रम थियो ।

प्रतियोगितामा नेपाल र लेवनानसँगै जोर्डन र बंगलादेशले खेल्ने कार्यक्रम थियो । बंगलादेशले पनि प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ । एन्फाले नेपाली राष्ट्रिय वुमेन्स फुटबल टिमलाई अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने योजना रहेको पनि जनाएको छ ।

प्रकाशित : असार १५, २०८१ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×