कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोपा अमेरिका : भेनेजुएला र इक्वेडर अन्तिम आठमा

काठमाडौँ — भेनेजुएलाले कोपा अमेरिकाको लिग चरणमा सबै तीन खेल जितेको छ । उसले सोमबारको खेलमा जमैकालाई ३–० ले हरायो र अधिकतम नौ अंक बटुल्यो । भेनेजुएलासँगै इक्वेडर पनि समूह 'बी'बाट अन्तिम आठमा पुगेको छ ।

कोपा अमेरिका : भेनेजुएला र इक्वेडर अन्तिम आठमा

इक्वेडरले अर्को खेलमा मेक्सिकोलाई गोलरहित बराबरीमा रोक्यो । इक्वडेर र मेक्सिको दुवै समान चार अंकमा रहे । इक्वडेर गोल अन्तरले दोस्रोमा रहेको हो । जमैका भने तीनै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो ।

भेनेजुएलाको जितमा एडुवार्डो बेलो, सोलोमन रोनडोन र इरास्मो रामिरेजले गोल गरे । खेलका तीनै गोल दोस्रो हाफमा भएको हो ।


प्रकाशित : असार १७, २०८१ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×