कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लय गुमाएका दुई छिमेकी

रोयटर्स

ह्याम्बर्ग — युरो च्याम्पियनसिपको अन्तिम १६ को चरणमा पुग्दा उपाधिको दाबेदार फ्रान्स र प्रत्याशी बेल्जियम आफ्ना सहज प्रतिद्वन्द्वीको चुनौती नाप्ने क्रममा हुन्थे । तर, यी दुई छिमेकी नकआउट चरण सुरु हुनेबित्तिकै सोमबार एक आपसमा भिड्दै छन् ।

लय गुमाएका दुई छिमेकी

दुवै टिम लयमा छैनन् । त्यसैले दुवैले आफ्नो समूह जित्न सकेनन् । त्यसैले उनीहरूबीच यति चाँडै भेट भएको हो । फ्रान्सको आक्रमणपंक्तिको सबैले प्रशंसा त गर्छन्, तर यो समस्यामा छ । किनभने यसले आत्मविश्वास गुमाएको छ । प्रशिक्षक डिडियर डेसच्याम्प आफैं दुविधामा छन्, आफ्नो अर्को चाल के हुनेछ भनेर ।

बेल्जियम सायद केही हदसम्म राम्रो गर्न प्रेरित रहनेछ । किनभने टोलीको प्रदर्शनमा समर्थक खुसी हुन सकेका छैनन्, त्यसैले चर्को विरोध गरिरहेका छन् । यही विरोधको जवाफ दिन बेल्जियम राम्रो खेल्न प्रेरित हुन सक्नेछ । कप्तान केभिन डी ब्रुयनाले भने समर्थकको गालीलाई पचाउन सकेका छैनन् र यसलाई निको मान्दैनन् । तर, उनी यसको उत्तर दिनुपर्ने मान्छन् । त्यसैले उनका साथीहरू लिग चरणको तुलनामा राम्रो गर्ने उद्देश्यमा रहने छन् ।

रोमेलु लुकाकुलाई आफ्नो पुरानो लय समात्ने चुनौती हुनेछ, किनभने उनले आफ्नो प्रतिष्ठाअनुसार गोल गर्न सकिरहेका छैनन् । यसपल्ट प्रतियोगितामा उनले गोल गर्न नसकेको अवसर धेरै बनिसकेको छ । उनले अहिलेसम्म बेल्जियमका लागि ८५ गोल गसेका छन् । उनी आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यी गोलमा अहिलेको युरोमा सम्भव कुनै पनि छैन । लुकाकुलाई लिएर समस्या के हो भने उनी ठूला प्रतियोगितामा गोल गर्न सक्दैनन् । यो प्रवृत्ति कायमै छ ।

यस्तै स्थिति फ्रान्सको पनि छ । फ्रान्सले लिग चरणका तीन खेलमा कुनै गोल ओपन–प्लेसबाट गर्न सकेको छैन । लिग चरणका दुई गोलमध्ये एक कप्तान केलियन एमबाप्पेको नाममा छ । यो उनले पेनाल्टीबाट गरेका हुन् । अर्को गोल भने आत्मघाती हो, जुन अस्ट्रियाले गरेको थियो । प्रशिक्षक डेसच्याम्पसामु एउटा अर्को ठूलो प्रश्नको उत्तर खोज्न आवश्यक छ । यो हो, टिममा एन्टोनी ग्रिजमनलाई खेलाउने कि नखेलाउने ? खेलाउने हो भने आक्रमणमा एमबाप्पेको पार्टनर बनाउने कि नबनाउने ?

प्रशिक्षक डेसच्याम्पका लागि ग्रिजमन लामो समयदेखिका सारथि हुन् । तर पोल्यान्डविरुद्ध लिग चरणको बराबरीमा डेसच्याम्पले उनलाई खेलाएनन् । त्यसै कारण समूह ‘डी’ मा अस्ट्रियाले आश्चर्यजनक ढंगले समूह जितेको थियो, जुन समूहमा अर्को बलियो टिम नेदरल्यान्ड्स थियो । फ्रान्सका लागि बेल्जियम अहिलेसम्मकै सबैभन्दा पुरानो प्रतिद्वन्द्वी । साथै सबैभन्दा बढी खेलेको टिम । यी दुई देशबीचको पहिलो अन्तर्राष्ट्रिय खेल १ सय २० वर्षअघि भएको थियो । यो बराबरीमा टुंगिएको थियो ।

यी दुई टिमबीच अहिलेसम्म भएका ७५ खेलमा बेल्जियम नै अगाडि छ । टोलीले ३० खेल जितेको छ भने फ्रान्सले २६ । तर सबैभन्दा महत्त्वपूर्ण तथ्य के भने पछिल्ला दुई खेलमा फ्रान्स विजयी छ । त्यसमा एक सन् २०१८ को विश्वकप सेमिफाइनल अनि सन् २०१८ को नेसन्स लिग सेमिफाइनल । जुन टिमले यो खेल जित्नेछ, त्यसको बाटोमा रहनेछ पोर्चुगल वा स्लोभेनिया ।

प्रकाशित : असार १७, २०८१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×