कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित बेचन झा पक्राउ

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले गएराति झालाई पक्राउ गरेको हो । उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित बेचन झा पक्राउ

झालाई अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनले गिरोहबाट २ करोड रुपैयाँ बुझेर बिचौलिया बनेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।

तर २०७९ चैतमा शरणार्थी प्रकरणका आरोपीहरू पक्राउ पर्न थालेपछि झा फरार थिए । यस प्रकरणमा गत वर्ष नै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो ।

त्यसमध्ये एक प्रतिवादी पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा शुक्रबार दिउँसो काठमाडौंको कपनबाट पक्राउ परेका छन् । लगत्तै प्रहरीले अर्का फरार आरोपित झालाई पनि पक्राउ गरेको हो । झा फरार भएपछि भारतमा पुगेको बताइन्छ । केही समययता उनी प्रहरीको राडारमा रहेका थिए ।

प्रकाशित : असार १५, २०८१ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×