कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

१६.२९ अंकले बढ्यो नेप्से, ३ अर्ब रुपैयाँकाे कारोबार

काठमाडौँ — साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसुचक १६.२९ अंकले बढेको छ । सोमबार शून्य दशमलव ८० प्रतिशतले बढेको सेयर बजार २०५३.३८ विन्दुमा सीमित भएको छ ।

१६.२९ अंकले बढ्यो नेप्से, ३ अर्ब रुपैयाँकाे कारोबार

कुल ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ६० कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनीको मूल्य स्थिर रह्यो । फाइनान्स र उत्पादन तथा प्रशोधन उपसमुह घट्यो । अन्य सबै उपसमुह बढ्यो ।

विकास बैंक उपसमुह ५२.५६ अंक, जिवन बिमा ५२.२७, निर्जिवन बिमा ५१.०२ अंकले बढ्यो । हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ९.७४ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको मूल्य ८.४७ प्रतिशतले बढ्यो । गत बुधबारदेखि निरन्तर घटेको नेप्से परिसुचक सोमबार बढेको हो ।

प्रकाशित : असार १७, २०८१ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×