कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधा वञ्चित हुन्न : गृहमन्त्री लामिछाने

काठमाडौँ — गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको उल्लेख गरे ।

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधा वञ्चित हुन्न : गृहमन्त्री लामिछाने

भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।

‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौं, भदौ मसान्तसम्म पनि यहााहरुसाग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईंले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन । कथं कदाचित कसैको भदौसम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिलेपनि विमुख पार्दैन' गृहमन्त्री लामिछानेले भने ।

अहिले छिटै बनाउने र सपरिवार एकैपटक बनाउने भएका कारणले लाइन लाग्ने गरेको उनले बताए । ' जसको व्यवस्थापनमा अतिरिक्त मानव संसाधनको प्रयोग गरिएको छ जिल्ला प्रशासन कार्यालयमार्फत् । स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको छ । सुचना लिने बित्तिकै छिटो गरौं भन्ने स्वभावका कारणले भीडभाड अवश्य पनि लागेको छ । भीडभाड गर्नुपर्ने आवश्यकता नै छैन । तत्काल गर्नुपर्ने आवश्यकता नै छैन । पहिला २८ जिल्लामा यसलाई कार्यान्वयन गर्ने चरणमा गएका छौं । २८ जिल्लामा भदौ मसान्तसम्म पनि छुट्यो भने राज्यले तपाईंलाई तपाईको अधिकारबाट वञ्चित गर्दैन’ गृहमन्त्री लामिछानेले भने ।

प्रकाशित : असार १७, २०८१ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×