कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित अध्यक्ष छनोट सिफारिस समितिले उक्त प्रक्रिया शुक्रबार रद्द गरेको हो ।सूचनामा प्रक्रिया रद्द गर्नुको कारण कारण केही बताइएको छैन ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

'नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको २०८१/०३/१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको छ,' समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

समितिका सदस्यहरुबीच कति जनालाई सिफारिस गर्ने भन्ने मतभेद भएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द हुन पुगेको हो ।

प्रकाशित : असार १४, २०८१ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×