कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई नयाँ गति दिन्छ : उर्जामन्त्री बस्नेत

काठमाडौँ — उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको स्युचाटारमा निर्माण गरी सञ्चालनमा ल्याएको डाटा सेन्टरको उद्घाटन समारोहमा बोल्दै उनले उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने बताएका हुन् । 

उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई नयाँ गति दिन्छ : उर्जामन्त्री बस्नेत

मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए ।

उनले भने, ‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धिलाई अझ नयाँ गति दिने, अझ अघि बढाउने कुरामा थप योगदान पुग्ने कुरा स्वतः स्पष्ट छ । उर्जा क्षेत्रको विकास सँग-सँगै उर्जा क्षेत्रको व्यवस्थापनको मुख्य भुमिका निर्वाह गरिराखेको नेपाल विद्युत प्राधिकरण आफैँमा पनि सबल, सक्षम र सुदृढ बन्दै गइरहेको छ । यो एउटा थप दृष्टान्त हो । हामीले अहिले डिजिटल एनइएको कुरा गरिरहेका छौँ । एनइए अन्तर्गत एउटा डाटा सेन्टर, एड्भान्स डाटा सेन्टरको जसरी व्यवस्थापन हुन गइरहेको छ । मलाई लाग्छ, हाम्रो उर्जाको समग्र व्यवस्थापनमा एनइएको भुमिकालाई यसले थप प्रभावकारी बनाउने नै छ ।'

मन्त्री बस्नेतले समग्र मुलुकको उर्जा व्यवस्थापनमा यसले थप योगदान गर्ने बताए । 'हामीले उर्जा सेक्युरिटीको कुरा गरिरहेका छौँ । इनर्जी फर डेभलपमेण्ट, फर प्रस्परेटीको कुरा गरिरहेका छौँ । यो सबै क्षेत्रमा उर्जा क्षेत्रले निर्वाह गरिरहेको भुमिकालाई व्यापक बनाउन, व्यवस्थित बनाउन डाटा सेन्टरले भुमिका खेल्ने विश्वास लिएको छु,' उनले भने ।

प्रकाशित : असार १४, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×