कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोपा अमेरिका : लयमा फर्कियो ब्राजिल, पाराग्वेलाई ४-१ ले हरायो

काठमाडौँ — ब्राजिलले कोपा अमेरिकाको समूह ‘डी’ को खेलमा शनिबार पाराग्वेमाथि ४–१ को शानदार जित निकालेको छ । यससँगै ब्राजिलले आपूलमा फर्केको पनि प्रमाणित गरेको छ ।

कोपा अमेरिका : लयमा फर्कियो ब्राजिल, पाराग्वेलाई ४-१ ले हरायो

ब्राजिलले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो र खेलमाथि उसको पूर्ण नियन्त्रण रह्यो । उसका लागि भिनिसियस जुनियरले दुई तथा साभिओ र लुकास पाक्वेटाले गोल गरे । पाक्वेटा सुरुमै एक पेनाल्टीमा चुकेका थिए । तर चौथो गोल उनले पेनाल्टीबाटै गरे ।

पाराग्वेका लागि ओमर एलडेरेटले एक गोल फर्काए । यसअघि कोलम्बियाले कोस्टारिकालाई ३–० ले हराएको थियो र त्यसमा लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कारडोबाले गोल गरे । डिजायले पेनाल्टीबाट गोलको खाता खोलेका हुन् ।

समूहमा प्रत्येक टिमले दुई/दुई खेल खेल्दा कोलम्बिया ६ अंकसहित शीर्षमा छ भने ब्राजिल ४ अंकसहित दोस्रो स्थानमा छ । कोस्टारिकाको एक तथा पाराग्वे शून्य अंकमा छ ।

प्रकाशित : असार १५, २०८१ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×