कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो २०२४ : चम्किएका पाँच युवा खेलाडी

एएफपी

म्युनिख — युरो च्याम्पियनसिपको लिग चरणका खेल सकिँदा अपेक्षा गरिएका ठूला स्टारले सक्दो प्रदर्शन गर्न नसकेको भनिरएको छ, त्यहीं त्यस्ता केही नयाँ र युवा खेलाडी पनि रहे, जसले सबैको मन जित्न सफल रह्यो । 

युरो २०२४ : चम्किएका पाँच युवा खेलाडी

फेरि युरो जत्तिको ठूला प्रतियोगितामा नै त्यस्तो निर्णायक मोड हो, जहाँ यी नयाँ अनुहारले आफूलाई प्रमाणित गर्न सक्छन् । आफूलाई विश्वसामु प्रमुख गर्छन् । त्यस्ता २१ मुनिका ५ खेलाडी यी रहे, जसले लिग चरणमा साँच्चै राम्रो गरे ।

निको विलियम्स (स्पेन)

स्पेनले लिग चरणमा जसरी खेल्यो, त्यसले यो टिमलाई उपाधिका लागि साँच्चै बलियो दाबेदार बनाएको छ । यस क्रममा कोही एक खेलाडीले स्पेनका लागि राम्रो खेलेका छन् भने ती हुन्, २१ वर्षीय निको विलियम्स । युरोको फाइनल बर्लिनमा हुनेछ । त्यसको दुई दिनअघि मात्रै उनी २२ वर्षका हुनेछन् । उनले आफ्नो सानैदेखिको क्लब एथलेटिको बिल्बाओलाई कोपा डेल रेको उपाधि दिलाउन उत्तिकै महत्त्वपूर्ण भूमिका खेले ।

यो ४० वर्षयता क्लबले जितेको पहिलो उपाधि थियो । उनले अहिलेसम्मको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा स्पेनका लागि लामो समय योगदान दिन सक्ने संकेत दिएका छन् । इटालीविरुद्ध प्राप्त १–० जितमा यी विङ्गरले लगातार आक्रमण बुनेका थिए । त्यसमा ‘प्लेयर अफ द म्याच’ पनि भए । खेलपछि उनलाई स्पेनी राजाले व्यक्तिगत रूपमा बधाई दिएका थिए । त्यसपछि के चाहियो र विलियम्सले पनि भने, ‘मैले यस्तो हुने सपना सानैदेखि देखिरहेको थिएँ ।’

जमाल मुसियाला (जर्मनी)

यी जमाल मुसियाला पनि भर्खर २१ वर्षका भए । युरोमा आयोजक टिमको आक्रमणमा उनी नै सबैभन्दा ठूलो शक्ति साबित भएका छन् । समूह ‘ए’ का सुरुआती दुई खेलमा उनले जर्मनीका लागि दुई गोल गरेका छन् । त्यसै कारण जर्मनी यी दुवै खेलमा विजयी रह्यो ।

सन् २०२२ मा जर्मनी विश्वकपबाट सुरुमै बाहिरिँदा उनी कच्चा खेलाडी नै थिए । अहिले उनी पूर्ण खेलाडी हुनेतर्फ अग्रसर छन् । आफ्नो ‘क्रिएटिभ एट्याकिङ’ खेलबाट उनी गोल निकाल्न माहिर छन् । बायर्न म्युनिखका लागि भने उनले गत सिजन राम्रो गर्न सकेनन् । त्यसलाई बिर्सेर उनले अहिले खेलिरहेका छन् । जर्मन आक्रमणका लागि उनले फ्लोरियन विर्ट्जसँग बलियो साझेदारी गरेका छन् । स्कटल्यान्डलाई सुरुमै ५–१ ले हराउँदा उनी ‘प्लेयर अफ द म्याच’ बनेका थिए । त्यस खेललाई लिएर उनलाई प्रश्न गरिँदा उत्तर थियो, ‘सायद मैले यस खेलमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरें ।’

जुड बेलिङ्घम (इंग्ल्यान्ड)

उनी भर्खर २० वर्षका भए । तर, इंग्लिस मिडफिल्डर बेलिङघम आफ्नो टिमको केन्द्रविन्दु बनिसकेका छन् । सन् २०२२ को विश्वकप खेलेयता उनी इंग्लिस टिमका लागि छाइरहेका छन् । इंग्ल्यान्डले प्राप्त गरेको एकमात्र जितमा उनले नै निर्णायक गोल गरेका थिए । उनी यस प्रतियोगितामा प्रवेश गर्दा त्यसको पृष्ठभूमिमा ला लिगा र युरोपेली च्याम्पियन्स लिगको उपाधि थियो, रियल म्याड्रिडका लागि । इंग्ल्यान्डले यसपल्ट युरोमा लामो यात्रा तय गर्ने हो भने

ह्यारी केन र फिल फोडेनसँगै बेलिङ्घमले राम्रो गर्नुपर्नेछ नै । सुरुआती खेल जीवनमा बोरुसिया डर्टमन्डका लागि राम्रो खेलेर सबैको मन जितको बेलिङ्घमले त्यसपछि रियलका लागि भने त्यस्तै खेल दोहोर्‍याए । उनलाई अहिले नै विश्व फुटबलको एउटा ठूलो सम्भावित स्टार हुने मानिएको छ ।

अर्डा गुलर (टर्की)

टर्कीका १९ वर्षीय खेलाडी अर्डा गुलर पनि रियल म्याड्रिडका युवा र नयाँ स्टार खेलाडी हुन् । उनले रियलका लागि लिग चरणका अन्तिम ५ खेलमा ५ गोल गरेर आफू लयमा रहेको सिद्ध गरेका थिए । उनले यही लय युरोमा पनि कायम राखेका छन् । जर्जियाविरुद्धको १–१ को बराबरीमा उनले नै गोल गरेका थिए । यो प्रतियोगिताकै उत्कृष्ट गोल हुने अनुमान छ । यसका लागि उनले लामो दूरीबाट शक्तिशाली प्रहार गरेका थिए ।

यसैक्रममा उनी १९ वर्ष १ सय १४ दिनमा डेब्यु युरोमै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । उनले क्रिस्टियानो रोनाल्डोको उपलब्धि उछिनेका हुन् । जतिबेला रोनाल्डोले यो कीर्तिमान बनाएका थिए, त्यतिबेला गुलर जन्मेका पनि थिएनन् । रोनाल्डो सम्भवतः आफ्नो खेलजीवनको अन्तिम युरो खेलिरहेका छन् । यस्तोमा रोनाल्डोदेखि गुलरको यात्रा पुस्ता हस्तान्तरण मान्न सकिन्छ ।

लमिन यमल (स्पेन)

बार्सिलोनाका विङ्गर हुन्, लामिन यमल । क्रोएसियाविरुद्ध स्पेनले प्राप्त गरेको ३–० जितमा उनले डेब्यु गरेका थिए । त्यतिबेला उनको उमेर थियो, १६ वर्ष ३ सय ३८ दिन । यसक्रममा उनी युरो खेल्न सबैभन्दा कान्छा खेलाडी बने । यतिमात्र होइन, उनले स्पेनको एक गोलमा सहभागी भूमिका खेले । यसरी गोलका लागि ‘एसिस्ट’ गर्ने कान्छा खेलाडीमा नाम लेखाए । इटालीविरुद्धको खेलमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । अल्बानियाविरुद्धको खेलमा भने उनले बेञ्चबाट आएर खेले ।

स्पेनले लिग चरणका तीनै खेल जितेको थियो र त्यसमा यमलको प्रदर्शनले धेरैलाई आकर्षित गर्‍यो । स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे पनि उनको प्रदर्शनबाट खुबै प्रभावित छन् । फुन्टे पनि यमललाई कुनै प्रकारको दबाब नदिने र खुलेर खेल्न दिने पक्षमा छन् । उनी मान्छन्, यी भविष्यका स्टार खेलाडी हुन् ।

प्रकाशित : असार १५, २०८१ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×