कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रौतहटमा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

शिव पुरी

रौतहट — रौतहटको गौर–चन्द्रनिगाहपुर खण्डमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते  भएका छन् । 

रौतहटमा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

गरुडा नगरपालिका–१ स्थित जयनगर चोकनजिक गौरबाट भैरहवातर्फ आउँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा माधवनारायण नगरपालिका–३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट टोली पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई प्रहरीले स्थानीय अस्पतालमा उपचारकोलागि पठाएको छ ।

दुर्घटनामा २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँच्चिएकोले शिवनगरस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको डीएसपी गिरीले बताइन् । बस चालक फरार रहेको र खोजी कार्य भइरहेको उनले जानकारी दिइन् ।

प्रकाशित : असार १५, २०८१ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×