कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बागलुङको गलकोटमा पहिरो घर पुरिँदा २ जनाको मृत्युु

प्रकाश बराल

बागलुङ — अविरल वर्षापछि आएको पहिरोले बागलुङको गलकोटमा २ जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनामा स्थानीय प्रेमबहादुर विकको घर बगाएको हो । घटनामा घरमूली ५५ वर्षीय प्रेमबहादुर विक र उनकी पत्नी ५० वर्षीया वसन्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बागलुङको गलकोटमा पहिरो घर पुरिँदा २ जनाको मृत्युु

माथिदेखि खसेको पहिरोले विकको घर बगाएको थियो । पुरिएको अवस्थामा दुवै जनाको शव भेटिएको वडा सदस्य लोकनाथ कँडेलले जानकारी दिए । घटनामा विक परिवारकै बालबालिका शिशिर विक र कुमारी विक घाइते छन् । उनीहरूलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको छ । घटनास्थल सदरमुकाम देखि ६० किमी पश्चिममा पर्छ ।

वर्षापछि कालीगण्डकी करिडोर, बागलङ–कुश्मीसेरा सडक पनि अबरुद्ध भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–१ को जुम्लीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको नगर उपप्रमुख हरिहर शर्माले बताए ।


प्रकाशित : असार १५, २०८१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×