कक्षा २ मा पढ्ने विनिशा घर्ती निर्माणाधीन विद्यालयको छेवैमा पुगेर भाइबहिनीसँगै माटो कोरेर खेल्छिन् । कखरा सिकाउँछिन् । बाबुआमाले गाली गरेपछि घर फर्किन्छिन् । यो उनको दैनिकीजस्तै बनेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा भंग भएपछि पुनःस्थापनाका लागि परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
गत भदौमा भुजीखोलामा आएको बाढीपहिराले ढोरपाटन नगरपालिका–९ का हुमबहादुर बिकका श्रीमती र बहिनीलाई बगायो । श्रीमती कुमारीको शव भेटियो, बहिनी खिमा अझै बेपत्ता छिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा विभाजनपछि बनेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले भारतको इसारामा राष्ट्रवादी नेतालाई पर्छान खोजेको आरोप लगाएका छन् ।
दुई वर्षअघि बनेका यहाँका दुई ठूला योजनाको डीपीआर सरकारी दराजमा थन्किँदा काम अघि बढ्न सकेको छैन । सरकारी लगानीमा कन्सल्ट्यान्टमार्फत बनाइएका दुईवटै डीपीआर बुझे पनि मन्त्रालयले स्वीकृति दिन ढिलाइ गरेको हो ।
स्थानीय तहको निर्वाचनअघि र पछि गाउँमा भएको परिवर्तनको साक्षी हुन्, बागलुङ नगरपालिका–११ रायडाँडाका रत्नाखर गौतम । गाउँमा बाटो नपुग्दा छिमेकीहरू चितवन, नवलपरासी र बागलुङ सदमुकाममा बसाइँ सरेको उनलाई सम्झना छ । चुनावपछि गाउँ–गाउँमा बाटो पुग्यो । बसाइँसराइ झनै सहज भयो । गाउँमा विकास भित्रियो । बस्ती रित्तिँदै गयो ।
बागलुङ नगरपालिका–११ रायडाँडा स्वास्थ्य चौकीको भवन ठेकेदारले भर्खरै हस्तान्तरण गरेको हो । गत सातादेखि सोही भवनबाट सेवासमेत दिन थालिएको छ । तर, नवनिर्मित भवन अहिल्यै चुहिन थालिसकेको छ । खानेपानीको ट्यांकी भरिँदा छतमा खसेको पानी सोझै कोठाभित्र तप्किन्छ ।