कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

प्रकाश बराल

बागलुङ — दुईसाता अवरुद्ध भएर चार दिनअघि मात्र सञ्चालनमा आएको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पुन अवरुद्ध भएको छ । 

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सोमबार रातिदेखि परेको अविरल वर्षाले बागलुङ नगरपालिका-१० को दब्ल्याङको एक्लेसालमा पहिरोले करिडोर बगाएको हो । सडक बगेपछि मंगलबार बिहानैदेखि सवारी ठप्प भएको प्रहरी नायव उपरीक्षक विजय यादवले बताए । तत्काल खुलाउने प्रयास भइरहे पनि लेदो खसेकोले खुलाउन नसकिएको हो ।

यो पहिरोले यहाँकै मालढुंगा कुश्मीसेरा सडकको दुईवटा घुम्तीमा क्षति पुगेपछि असारको तेस्रो सातादेखिनै यातायात ठप्पै भएको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रीले सास्ती खेपेका छन् । दक्षिण बागलुङका बासिन्दाले सदरमुकाममा औषधि उपचार, अत्यावश्यक सेवालगायतमा आउन जान सास्ती खेपेका छन् । यहाँका विद्यार्थीले विद्यालय जाने आउने सास्ती खेपेका छन् ।

चारवर्ष अघिदेखि यो पहिरोले स्थानीयलाई सास्ती दिएको छ । बागलुङ नगरपालिकाले दैनिक रुपमा यहाँ पहिरो पन्छाएर सडक सञ्चालन गर्ने काम गरेपनि सम्भव नभएको नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

पक्की संरचना बनाएर नियमित सवारी चलाउनका लागि केही स्थानमा नाली निर्माण, ग्याबिन जाली राख्ने काम पनि भएको छ । पहिरोको दक्षिण तर्फ पक्की पर्खाल पनि लगाइएको छ । तर बिच खण्डमा लेदो बग्ने अवस्था नरोकिँदा सडक सञ्चालनमा आउन नसकेको हो ।

प्रकाशित : श्रावण ८, २०८१ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×