कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नारायणीमा डुबेर नाबालकको मृत्यु

भाद्र २२, २०८१

पूर्वी नवलपरासी — नारायणी नदीमा डुबेर गैंडाकोटमा एक नाबालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट नगरपालिका-९ थुम्सी बस्ने अस्मिता मानन्धरका ३ वर्षीय छोरा सुमन मानन्धरको नदीमा डुबेर मृत्यु भएको हो ।

नदी किनारमा रहेको तटबन्धनको छेउमा खेल्न जाँदा उनी नारायणीमा डुबेका थिए ।

शुक्रबार दिउँसो साढे २ बजे नदीमा डुबेका बालकलाई उद्धारपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०८१ ०८:३९
×