कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

भाद्र ३०, २०८१
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा — पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । उनी अर्का उम्मेदवार अर्जुन पोख्रेललाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार भएको मतदानमा कुल २ हजार २ सय १७ मत खसेको थियो । कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गर्दा पोख्रेलले ८ सय ५१ मत पाए । बदर मत संख्या २७ थियो । 

संघको ३५ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कार्की यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए । पोख्रेल ३३ औं महाधिवेशनमा समेत अध्यक्षमा पराजित भएका थिए । संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बाँस्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । उपमहासचिवमा भने बालकृष्ण कोइरालालाई हराएर सुदीप प्रधानाङ्ग निर्वाचित भएका छन् ।

कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध निर्वाचत भएका छन् । खुला सदस्यतर्फ १० जनाको लागि १४ जना प्रतिस्पर्धामा थिए । तीमध्ये दूधमान गुरुङ, देवेन्द्र प्रजु, ललितबहादुर कुँवर, सौगात थापा, भीम गौतम, जीवनप्रकाश श्रेष्ठ, विनोद केसी, प्रदीप राजभण्डारी, रामचन्द्र तिमिल्सिना र टीकाराम सुवेदी निर्वाचित भए ।

बस्तुगत संघतर्फका सदस्यमा दुर्गा बराल, पृथ्वीराज तिमिल्सिना, सूर्य घिमिरे र नवीन नापित विजयी भए । बस्तुगततर्फ ४ सदस्य पदका लागि ७ जना उम्मेदवार छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ २०:२०
x
×