कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बागलुङ कारागारका ५ जना कैदीबन्दीमा क्षयरोग

प्रकाश बराल

काठमाडौँ — बागलुङ कारागारका कैदीबन्दीमा क्षयरोग देखिएको छ । शुक्रबार स्वास्थ्य कार्यालय बागलुङ र नगरपालिकाद्धारा संयुक्त रुपमा गरिएको स्वास्थ्य परीक्षणकोक्रममा सहभागी १४ जना कैदीबन्दीमध्ये ५ जनामा क्षयरोग पुष्टि भएकाे हाे ।

बागलुङ कारागारका ५ जना कैदीबन्दीमा क्षयरोग

स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार ३ जनामा जटिल प्रकार र २ जनामा सामान्य प्रकारको क्षयरोग देखिएको छ ।

‘जटिल प्रकारको क्षयरोग सर्ने खतरा रहेकोले मास्क लगाएर बस्न र कैदीबन्दीहरुलाई तत्काल आइसोलेसनमा राख्न आग्रह गरेको छु,’ उनले भने, ‘तत्काल सचेतना अपनाउन नसकेमा सबैलाई संक्रमण हुने खतरा छ ।’

कारागारमा १ सय ५० जना भन्दा बढी कैदीबन्दी छन् । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले तत्काल सबैजनाको स्वास्थ्य परीक्षण गर्ने र कन्ट्रयाक ट्रेसिङ गरेर रोग फैलन नदिन प्रयास गर्ने बताए ।

शुक्रबार भेटिएका ५ जना क्षयरोगी गरेर चालु बर्षको पहिलो महिना मात्रै २३ जना पुगिसकेका छन् । गत आर्थिक बर्ष बागलुङमा ३ सय १३ जना क्षयरोगी भेटिएका थिए । क्षयरोगकै कारण गत बर्ष ४ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

प्रकाशित : श्रावण ११, २०८१ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×