कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लमजुङका ४ जना कृषक पुरस्कृत

आश गुरुङ

लमजुङ — लमजुङमा १५ असारको दिन शनिबार ४ जना किसानलाई उत्कृष्टताको आधारमा नगदसहित सम्मान गरिएको छ ।

लमजुङका ४ जना कृषक पुरस्कृत

सुन्दरबजार नगरपालिका ७, पाउँदीमा आयोजना गरिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा व्यावसायिक कृषकहरु सुन्दरबजार ७, पाउँदीका गाईपालक ध्रुवराज पोखरेल, क्व्होंलासोथार गाउँपालिका ८, मपिङका तरकारी खेती गर्दै आएकी केशकुमारी गुरुङ, मर्स्याङ्दी गाउँपालिका ७, उस्ताबेंसीका बाख्रापालक डम्बरसिंह गुरुङ र मध्यनेपाल नगरपालिका ६ का कृषि फर्म सञ्चालक नन्दलाल लामिछानेलाई सम्मान गरिएको हो ।

कृषकलाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरुङ, स्थानीय आयोजक सुन्दर बीउ उत्पादक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानहरि ढुंगानालगायतले दोसल्ला ओढाउँदै प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँका दरले सम्मान गरेका थिए । कृषक पोखरेलले पाउँदीमा २०६९ देखि गाई पालेका छन् । करिब सयवटा गाईपालन गरेका उनले दैनिक ५ सय लिटर दूध उत्पादन गर्दै आएका छन् । डम्बरसिंह गुरुङले २०६३ बाट बाख्रापालन सुरु गरेका थिए । २०७२ बाट बोयर बाख्रापालन सुरु गरेका उनले हाल १ सय बाख्रा पाल्दै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रप्रमुख डा. सुनिल न्यौपानेले बताए ।

केशकुमारीले ७ वर्षदेखि गोलभेँडा खेती गर्दै आएकी छन् । सुरुमा एउटा टनेलबाट गोलभेंडा खेती थालेका उनले हाल २६ वटा टनेलमा गोलभेंडा फलाउँदै आएकी छन् । कृषक लामिछानेले ७ वटा प्लास्टिक टनेल र खुल्ला जमिनमा विभिन्न प्रकारका तरकारी खेती गर्दै आएका छन् । २०४४ बाट सुन्तला खेती थालेका उनले गोलभेंडा, काँक्रो र लहरेबाली फलाएका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजय पौडेलले बताए । लामिछानेले गाईसमेत पाल्दै आएका छन् ।

आर्थिक मामिलामन्त्री गुरुङले कृषिलाई पहिलो प्राथमिकतामा राखे पनि सरकार गठन छोटो समय भएकाले कृषिसँग सम्बन्धी केही महत्वपूर्ण कामहरु गर्न नसकिएको बताए । उनले हरेक परिवार कृषिमा आत्मनिर्भरमात्रै भएमा मुलुकमा समृद्धि आउने बताए । ‘अहिले ३ तहको सरकार छ । सबै सरकारले समन्वय र सहकार्य गर्न आवश्यक छ । अनिमात्रै समृद्धि सम्भव छ,’ उनले भने ।

प्रकाशित : असार १५, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×