कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नारायणीमा बेपत्ता भएका बालक मृत फेला 

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा नारायणी नदीमा डुबेर बेपत्ता भएका एक बालक मृत फेला परेका छन् । गैंडाकोट नगरपालिका ६ राममन्दिरका ८ वर्षीय युनिस नेपाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

साथीहरुसँग मिलेर नारायणीमा रहेको डुंगामा खेल्ने क्रममा अचानक चिप्लिँदा बेपत्ता भएका नेपालीको तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलका अनुसार बालक हराएको स्थानभन्दा करिब २ किमि दक्षिणतर्फ नदी किनारमा शव भेटिएको हो ।

प्रकाशित : असार १५, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×