कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१२

फेवातालमा डुबेर एकको मृत्यु

पोखरा — फेवातालमा डुबेर बुधबार बागलुङका ३१ वर्षीय सुकबहादुर मगरको मृत्यु भएको छ । फेवातालमा मिसिने हर्पन खोलामा माछा मार्ने क्रममा अचानक आएको बाढीले बगाउँदा उनी बेपत्ता भएका थिए ।

फेवातालमा डुबेर एकको मृत्यु

उक्त खबर पाएपछि सशस्त्र प्रहरी बल कालिका गणको फेवातालस्थित एपीएफ रेस्क्यु वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोली उद्धारमा खटिएको थियो ।

उद्धार गरेर उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।


प्रकाशित : असार १२, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×